Breaking News

सरकारले दुई लाख डलरकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने

काठमाडौं, २० मंसिर । सरकारले दुई लाख डलरकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युनिभर्सल पिस फेडेरेसनबाट पाएकाे एक लाख अमेरिकी डलरमा एक लाख डलर थपेर सरकारले पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेकाे हाे । शान्ति सुशासन र नवप्रवर्द्धन वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला दिन पुरस्कार काेष स्थापना गरेकाे सरकारले जनाएकाे छ ।

१७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचार एवं सूचना प्रविधि मन्त्री गाेकुल बाँस्कोटाले पुल्चोकमा रहेको मन्त्री निवास भैंसेपाटीमा सार्ने निर्णय गरिएको जानकारी दिए । पुल्चोकमा विशिष्ट व्यक्तिहरूको आवास बनाइनेछ ।

त्यस्तै, सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि गरेको छ । सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेकाे छ । यसबाहेक अन्य विधिन्न ८ वटा निर्णय पनि सरकारले गरेकाे छ ।

सरकारले गत १९ गतेकाे बैठकले पारित गरेकाे भनिएकाे कर्मचारी समायाेजन सम्बन्धी अध्यादेशका सन्दर्भमा भने कुनै निर्णय सुनाएन ।

shares