Breaking News

जग्गा किर्ते गरी बेचेको अारोपमा पक्राउ

जनकपुर, २० मंसिर । करोडौं मूल्यको जग्गा किर्ते गरी अर्काको नाममा बेचबिखन गरेकाे अाराेपमा पक्राउ परेका जनकपुर रतनसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवलाई प्रहरीले अाज सार्वजनिक गरेकाे छ ।

जग्गा किर्ते र जालसाजी, हत्यादेखि दोहोरो नागरिकतासम्मका मुद्दामा फरार रहेका महन्थ वैकुण्ठलाई प्रहरीले काठमाडौंको बागबजारस्थित एक होटेलबाट बुधबार पक्राउ गरेको थियाे । धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेकाे हाे ।

भारतको बिहार स्थायी घर भएका वैकुण्ठले नेपाली नागरिकता बनाएर मन्दिरको जग्गा जमिन किर्ते गरी बेचबिखन गर्दै आएका थिए । उनले जनकपुर उपमहानगरपालिका ८ स्थित जनक हजारी विद्यापीठकाे ३ विघाहा जग्गा किर्ते गरी नातेदार अशोक शर्माको नाममा बनाएका थिए ।

प्रहरीले शर्मालाई पनि पक्राउ गरिसकेकाे छ । यसअघि यज्ञवल्क्य संस्कृत विद्यालय र रतनसागर मन्दिरकै छेउछाउ गुठीकाे पाँच बिगाहाभन्दा बढी जग्गा पनि महन्थ वैष्णवले बिक्री गरिसकेका छन् ।

shares