Breaking News

मुद्रा तथा पूँजी बजारमा देखिएको समस्याबारे अध्ययन गर्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं, २० मंसिर । आज बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुद्रा तथा पूँजी बजारमा देखिएको समस्याका बारेमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको छ ।

मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृतिको अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एवम् औद्योगिक एवम् पूँजी बजारका क्षेत्रमा लगानीका लागि देखिएका समस्या पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

समिति सदस्यहरूमा धितोपत्र बोर्डका अध्यक्ष, बैकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थमन्त्रालयका सहसचिव रहेका छन् ।

shares