Breaking News

पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ

काठमाडौं, २० मंसिर । भ्रष्टाचार आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

बोहाराको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बोहोराले कुनै अकूत सम्पत्ति आर्जन नगरेको ठहर गरेको हो । विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा डेढ वर्ष कैद सजायका साथै बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार रुपैयाँ बराबर जरिवानाको फैसला गरेको थियो ।

मुद्दामा विशेषवाट दोषी ठहर भए पनि कम बिगो र सजाय गरेको भन्दै अख्तियारले २०६९ मंसिर २९ गते पुनरावेदन गरेको थियो । पुनरावेदनपछि बोहरा आफैं पनि २०७० जेठ १९ गते सर्वोच्च पुगेका थिए । अख्तियारले पूर्व आईजीपी बोहराले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कला बोहोरा र छोरी जोत्स्ना बोहोराको नाममा लुकाएको दाबी गरेको थियो ।

आज सर्वोच्चले मोतिलालसँगै कला र जोत्स्नालाई पनि सफाइ दिएको छ । प्रहरी प्रमुख भएका बेला खरिद गरेको घरजग्गा तथा विभिन्न बैङ्कमा रहेको रकमको स्रोत नखुलेको भन्दै त्यतिबेला विशेष अदालतले दोषी ठहर गरेका बोहोरालाई आज सर्वोच्चले सफाइ दिएको हो ।

shares