Breaking News

भारतको अयोध्यामा बाबरी मस्जिद ध्वस्त पारिएको २६ वर्ष पूरा, साम्प्रदायिक हिंसाको त्रास कायमै

काठमाडौं, २० मंसिर । आज डिसेम्बर ६, भारतमा धार्मिक साम्प्रदायिकताले उग्र रूप लिएको दिन । २६ वर्षअघि सन् १९९२ मा अयोध्यामा १६ औं शताब्दीमा बनेकाे बाबरी मस्जिद ध्वस्त पारिएकाे थियो ।

२ हजारभन्दा बढीको मृत्यु हुने गरी भएको साम्प्रदायिक हिंसाको त्रास अहिले पनि भारतमा कायमै छ । विश्व हिन्दु परिषद र भारतीय जनता पार्टीले आयोजना गरेको र्‍यालीमा सहभागी झण्डै डेढ लाख मानिसको भीड आक्रोशित हुँदा ५ घण्टाभित्रैमा बाबरी मस्जिद ढलेको थियो भने २ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

मुद्दामा भारतको इलाहाबाद उच्च अदालतमा फौजदारी मुद्दाका साथसाथै देवानी मुद्दा पनि चलेको थियो । उच्च अदालतले मुद्दामा सुनुवाइ गर्दै अयोध्याको विवादित २ दशमलब ७७ एकड जमिन सुन्नी वक्फ बोर्ड, निर्मोही अखडा र भगवान रामलिला तीन पक्षलाई बराबरी बाँड्न आदेश दिएको थियो ।

तर आदेशविरुद्ध सर्वोच्चमा १३ वटा अपिल दर्ता भएपछि कार्यान्वयन हुन सकेकाे छैन । अझै पनि सर्वोच्चमा ती अपिलमाथि सुनुवाइ चलिरहेको छ ।

shares