Breaking News

रुसी राष्ट्रपति पुटिनले दिए अमेरिकालाई चेतावनी

काठमाडौं, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफू पनि हतियार विकासमा लाग्ने चेतावनी दिएका छन् ।

पश्चिमा राष्ट्रहरूको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालीन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनको यस्तो चेतावनी अाएकाे हाे । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो ।

राष्ट्रपति पुटिनले आफूहरूमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गरेका छन् ।

shares