Breaking News

झापामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

पंकज शर्मा / झापा, १९ जेठ । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जानकारी दियाे ।

बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला पारिएकाे प्रहरीले जनाएको छ ।

shares