Breaking News

नेप्से सामान्य बढ्यो

काठमाडौं, २० मंसिर । शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ ।

हिजो २३ अंकले घटेको नेप्से आज भने २ दशमलव ७० अंकले बढेर ११ सय २१ को विन्दु नजिक पुगेको छ । घटेको बजारमा शेयर उठाउनेहरू बढेपछि नेप्से पनि सामान्य रुपमा उकालो लागेको हो ।

आज ३७ करोड रुपैयाँ बराबरका १३ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सले जनाएको छ ।

shares