Breaking News

एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २० मंसिर । शनिबारदेखि कीर्तिपुरमा शुरु हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आज एक समारोहका बीच इपिएलमा सहभागी ६ वटा टिमका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् । ईपीएलको उद्घाटन खेलमा शनिबार साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्नेछन् ।

पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा चितवन टाइगर्स, भैरहवा ग्लाडीयटर्स, काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोजले खेल्नेछन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगिताकाे दोस्रो दिनदेखि एकै दिन दुई खेल हुनेछन् ।

shares