Breaking News

कृषिमन्त्री खनाल र नेपालका लागि अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

काठमाडौं, २० मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदान र अापसी हितका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेको बताए । राजदुत बेरीले कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए ।

shares