Breaking News

निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन

काठमाडौं, २० मंसिर । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन भएकाे छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै प्रहरीले हस्तक्षेप गरी ३ महिलासहित १२ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका सबैलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएकाे वृत्तका प्रमुख फरेन्द्र प्रसाइले जानकारी दिए ।

राष्ट्रपति निवास महाराजगञ्जमा ‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना नाघेपनि अपराधी पत्ता लाग्न सकेकाे छैन ।

shares