Breaking News

त्रिभुवन आर्मी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं, २० मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।

एन्फा मैदान सातदाेबाटाेमा अाज भएको खेलमा उपाधि दाबेदार मानिएको आर्मी, फ्रेण्डससँग बराबरीमा रोकिएको हो । खेल अवधिभर केही प्रयास गरेपनि आर्मीले गोल भने गर्न सकेन ।

योसंगै आर्मी ६ खेलबाट १४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा यथावत छ । फ्रेण्डस् समान ६ खेलबाट ५ अंकसहित दशौं स्थानमा छ ।

आजै हुने अर्को खेलमा भने ब्रिगेड ब्वाइज र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

shares