Breaking News

‘चौथो मनहरी महोत्सव २०७५’ भोलि देखि सुरु हुने

भानुभक्त बिष्ट/हेटौंडा, २० मंसिर । मकवानपुर जिल्लाको पश्चिमी भेगस्थित मनहरी बजारमा ‘चौथो मनहरी महोत्सव २०७५’ भोलि मंसिर २१ देखि पुस २ गतेसम्म हुने भएको छ ।

स्थानीय उत्पादन एवं सेवासँगै अान्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले अायोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अायोजक मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समिति मकवानपुरले जनाएको छ ।

महोत्सवमा २ सय स्टलहरू रहने छन् । साथै दैनिक रूपमा राष्ट्रिय एवम् स्थानीय कलाकारहरूको सांगीतिक तथा साँस्कृतिक प्रस्तुति, प्रतियोगितात्मक एवं विविध कार्यक्रम तथा बालबालिकाका लागि बाल उद्यानको व्यवस्था महोत्सवको प्रमुख अाकर्षण रहने पनि अायोजकले जनाएको छ ।

महोत्सव उद्घाटन समारोहअघि साँस्कृतिक झाँकीसहितको शोभा यात्राको अायोजना गरिनेछ । महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालय, प्रवर्द्धक मकवानपुर उद्योग वाणिज्य संघ रहेको छ भने सह-अायोजक राक्सिराङ्ग तथा कैलाश गाउँपालिका रहेका छन् ।

shares