Breaking News

अर्जुनधारा जलेश्वरधाममा शतबीज छर्ने भक्तजनको भीड

झापा, २० मंसिर । पूर्वको पशुपतिनाथको उपनामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा पितृ उद्धारका लागि शतबीज छर्ने भक्तजनको आज भीड लागेको छ ।

बालाचर्तुदशीको पर्वमा पितृ उद्धारका लागि शतबीज छर्नको पूर्वी पहाडी जिल्ला र झापा, मोरंग, सुनसरीलगायत भारतको सिक्किम, दार्जिलिड., सिलिगुढी, कालेबुड. आसामबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

पशुपतिको उपनामले अर्जुनधारा जलेश्वरधाम पूर्वमा परिचित छ । राजधानीको पशुपति मन्दिरमा पुग्न नसक्ने भक्तजनहरू यहाँको मन्दिरमा पूजा आराधाना गर्ने गर्दछन् । सद्बीउ छर्नु अघि पछि शिवको मन्दिरमा जल चढाउने र दियो बाल्नेको भीड लाग्ने गर्दछ । टाढाका तीर्थालुहरू अघिल्लो दिन आई जाग्राम बसी बिहान शतबीज छर्दछन् ।

shares