Breaking News

च्याम्पियन्स् ट्रफी अन्तर्गत न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच खेल हुँदै

काठमाण्डौ, १९ जेठ । आईसिसी च्याम्पियन्स् ट्रफी अन्तर्गत आज न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो सवा ३ बजे बर्मीङघममा यी दुई टोली भिड्न लागेका हुन् । न्यूजिल्याण्डले टस जित्दै ब्याटि गर्ने निर्णय गरेको छ । न्यूजिल्याण्डले सन् २००० मा अष्ट्रेलियाले २ पटक च्याम्पियन्स् ट्रफी जितिसकेको छ । एक दिवसीय क्रिकेट अन्तर्गत यी दुईबीच भएका पछिल्ला ४ भेटमा दुबै टोलीले २–२ खेल जितेका छन् ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा इङ्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो । जितसँगै इङ्ल्याण्डले अंक तालिकामा २ अंक सहित आफ्नो खाता खोलेको छ ।

shares