Breaking News

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको राजकीय सम्मानका साथ अन्त्येष्टि

वासिंगटन, २० मंसिर । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको राजकीय सम्मानका साथ वासिङ्गटन डिसीमा औपचारिक अन्त्येष्टि भएको छ ।

गएको शुक्रबार अबेर निधन भएका अमेरिकाका ४१ औँ राष्ट्रपति बुसको पार्थिव शरीर औपचारिक अन्त्येष्टिका लागि टेक्सासको ह्युस्टनबाट वासिङ्गटन ल्याइएको थियो । उनका छोरा तथा अमेरिकाका ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना पितालाई महान मानव र प्रिय पिताका रुपमा सम्झिए ।

जर्ज एचडब्लु बुसको फ्युनेरलमा जीवित रहेका सबै अमेरिकी पूर्व राष्ट्रपतिहरू तथा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति थियो । जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनको पार्थिव शरीर गृह राज्य टेक्सासमा श्रीमती बारबरा नजिकै गाडिने छ ।

shares