Breaking News

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २० मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा आज दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ। लिगको चौथो स्थानमा रहेको आर्मीले आजको खेल जिते दोस्रो स्थानमा उक्लिनेछ ।

अपराजित यात्रालाई निरन्तर कायम राखेको आर्मीले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । फ्रेन्ड्स क्लबले भने पाँच खेलमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार ब्यहोरेको छ ।

अाज दिउँसाे साढे २ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम जितको खोजिमा हुनेछन् । लिगको शीर्ष स्थानमा मनाङ मर्स्याङ्दी १८ अंक बनाउँदै रहेको छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको १५ अंक छ ।

shares