Breaking News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

ललितपुर, २० मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बिधान संशाेधन मस्याैदामाथि छलफल हुनेछ ।

हिजाेकाे बैठकमा कांग्रेसले निषेध र नियन्त्रणकारी अर्थ नीतिमा लागेको भन्दै सरकारको अर्थनीतिमाथि गम्भीर प्रश्न उठाएको थियाे । केन्द्रीय कार्य समितिको बैठकमा पेश गरिएको अर्थ नीतिसम्बन्धी प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कांग्रेसले ओली सरकार ‘नियन्त्रण र निषेध’ मुखी अर्थनीतिमा अघि बढेको आफ्नो निष्कर्ष निकालेकाे थियाे ।

अाजकाे बैठकमा महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धी प्रस्ताव तयार पार्न लागिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुने बताए ।

बैठकमा प्रस्तावित विधान मस्यौदाबारे पनि छलफल भइरहेको छ । मस्यौदामा एक व्यक्ति एक पदको प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । अनुशासन समिति र लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था पनि विधान मस्यौदामा उल्लेख छ ।

shares