Breaking News

इंग्लिस प्रिमियर लिगमा चेल्सी उल्फ्ससँग पराजित

काठमाडौं, २० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी उल्फ्ससँग पराजित भएको छ ।

चेल्सीमाथि २–१ को जित निकालेको उल्फ्सका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे । चेल्सीका लोफ्टस चेकले गोल गरे । चौथो स्थानमा रहेको चेल्सीको १५ खेलबाट ३१ अंक छ । समान खेलबाट उल्फ्सको १९ अंक छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेल्दा लेष्टर सिटीले फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । न्युक्यास्टलले इभर्टनसँग पनि १–१ गोलको बराबरीमै खेल टुंग्याएका छन् ।

shares