Breaking News

दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने सरकारको तयारी

काठमाडौं, १९ मंसिर । सरकारले दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा बाह्य पर्यटकहरूको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान विभिन्न मुलुकमा संचालन गर्ने संकल्प लिएको पनि स्पष्ट पारे ।

मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको दाबी पनि गरे । नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ ।

मन्त्री अधिकारीले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुर्‍याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

shares