Breaking News

‘खशोग्जीको हत्यारा पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक’

काठमाडौं, १९ मंसिर । राष्ट्रसंघीय मानवअधिकार प्रमुख मिसेल ब्यासलेटले साउदी पत्रकार जमाल खशोग्जीको हत्यारा पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक रहेकोमा जोड दिएकी छिन् ।

राष्ट्रसंघीय मानवअधिकारको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ब्यासलेटले टर्कीस्थित साउदी अरबको दूतावासभित्र के भएको थियो र खशोग्जीको हत्याका जिम्मेवार ब्यक्तिहरू को-को हुन् भन्ने यकिन गर्न अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक भएको बताएकी हुन् ।

यसअघि सीआईएको ब्रिफिङपछि अमेरिकाका सिनेटरहरूले खशोग्जीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमान नै संलग्न रहेकोमा आफूहरू विश्वस्त रहेको बताएका थिए ।

खशोग्जीको गत अक्टोबर २ मा टर्कीस्थित साउदी दूतावासमा हत्या गरिएको हो । शुरुमा साउदी अरबले खशोग्जीको हत्याबारे थाहा नभएको बताएपनि पछि दूतावासमै हत्या भएको स्वीकारेको थियो।

shares