Breaking News

सर्वोच्च अदालतलाई बदनाम बनाउने को हो ? पूर्व न्यायाधीशले गरे यस्तो डरलाग्दो खुलासा ! (भिडियोसहित)

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरिसकेका व्यक्ति दीपकराज जोशीलाई पुनः न्याय परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गर्नु नेपाली न्याय क्षेत्रमा एउटा नजिर हुने बताएका छन् ।

अर्का सिफारिस गरिएका न्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाश पाउने समय नजिकिंदै गर्दा विवादित र लामो समयदेखि अड्किएर बसेका एनसेल लगायतका मुद्दा यही समयमा आएर अगाडि बढाउन खोज्नु त्यति सुन्दर नभएको बताउँछन् ।

स्वच्छ, निश्पक्ष र जवाफदेही बन्नु पर्ने न्यायलय इतिहासमै कमजोर र बदनाम भएको केसीले बताएका छन् । यसको मुख्य कारण न्यायलय र राजनीतिक दलका नेतासँगको साँठगाँठ भएको उनले गम्भीर आरोप लगाए । हेरौं विस्तृतमा यो अन्तर्वार्ता:-

shares