Breaking News

जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आफू आतुर रहेको योगी आदित्यनाथको भनाइ

काठमाडौं, १९ मंसिर । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी मन्दिरमा हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आफू आतुर रहेको बताएका छन् । जनकपुर जाने अवसर पाउनु आफ्नो लागि सौभाग्यको विषय मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।

भगवान श्रीरामको जन्मभूमी अयोध्याबाट बेहुलापक्षको नेतृत्व गर्दै उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ मंसिर २६ गते जनकपुर आउने कार्यक्रम छ । उनका स्वागतका लागि प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तयारीमा जुटेका छन् ।

मुख्यमन्त्री आदित्यनाथको जनकपुर भ्रमणलाई लिएर प्रधानमन्त्री केपी ओली शर्मा निकै उत्साहित छन् । तर, विवादपछि मुख्यमन्त्री आदित्यनाथले गर्ने भनेको जयनगर-जनकपुर रेल्वे उदघाटन भने रोकिएको छ । त्यसैले मुख्यमन्त्री आदित्यनाथ अब जन्तीका रूपमा मात्र जनकपुर आउनेछन् ।

shares