Breaking News

नेप्से आज २३ अ‌ंकले ओरालो लाग्यो

काठमाडौं, १९ मंसिर । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज २३ अ‌ंकले ओरालो लागेको छ ।

हिजो १० अंकले बढेको नेप्से आज भने २३ अंकले घटेर ११ सय १८ मा झरेको छ । बै‌कहरूले ब्यक्तिगत मुद्धति निक्षेपको व्याजदर बढाएपछि त्यसको नकारात्मक असर शेयर बजारमा देखिएको हो ।

मुद्धति निक्षेपको व्याजदर बढेपछि, व्याजदर घट्ने आशामा रहेका लगानीकर्ता निराश भएका छन् । बैंकर्स संघले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर तोक्ने अधिकार सम्बन्धित बैंकहरूलाई नै खुला छाडिदिएपछि आज माछापुच्छ्रे बैंक र जनता बैंकले मुद्दती निक्षेपको व्याजदर बढाएका थिए ।

बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्नका लागि पनि निक्षेप बढाउनु पर्ने वाध्यता छ । मुद्दतिमा ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरूको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन छ ।

shares