Breaking News

वाइड बडी विमान खरिदका बारेमा निगम र पर्यटन मन्त्रालयसँग छुट्टा छुट्टै जवाफ माग्ने लेखा समितिको निर्णय

काठमाडौं, १९ मंसिर । नेपाल वायु सेवा निगमका दुईवटा वाइड बडी विमान खरिदका बारेमा सार्वजनिक लेखा समितिले निगम र पर्यटन मन्त्रालयसँग छुट्टा छुट्टै जवाफ माग्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले मन्त्रालयलाई ३७ वटा प्रश्न समेत गरेको छ । समितिले विमान खरिदमा अनियमितता भएको भन्दै मन्त्रालयले गरेको छानबिनको निष्कर्ष के थियो त्यो जानकारी गराउन मन्त्रालयलाई भनेको छ ।

बैठकमा सांसदहरूले विमान खरिदका बारेमा स्पष्ट जवाफ नदिएको भन्दै मन्त्री रविन्द्र अधिकारीको आलोचना गरेका थिए । मन्त्री अधिकारीले ७१ सालमा नै विमान खरिद प्रक्रिया सुरु भएको र आफू मन्त्री भएको बेला जहाज आएकाले खरिद प्रक्रियाको सम्पूर्ण विवरण थाहा नभएको बताए ।

खरिद प्रक्रियाका बारेमा निगम र मन्त्रालयका अधिकारीलाई नै सोध्न भनेपछि सांसदहरू मन्त्री अधिकारीप्रति नै आक्रोशित भएका थिए ।

shares