Breaking News

प्रधानमन्त्रीकाे सामूहिक रूपमा ध्यानाकर्षण गराउने सातै मुख्यमन्त्रीको तयारी

भैरहवा, १९ मंसिर । सातवटै प्रदेशका मुख्यमन्त्रीले अाफ्ना समस्याबारे सामूहिक रूपमा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउने तयारी गरेका छन् । यही २३ गते बस्ने प्रदेश अन्तर समन्वय परिषदकाे बैठकमा मुख्यमन्त्रीहरूले समयमा एेन नबन्दा काम गर्न कठिनाइ भएकाे भन्दै प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

भैरहवामा अाज अायाेजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री अभिभावक भएकाे भन्दै अाफ्ना समस्या सुन्नै पर्ने बताए ।

संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउत प्रदेश ५ का रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पार्टी कार्यक्रममा सहभागी भएका छन् । संविधानकाे अनसूचिमै प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी स्पष्ट व्यवस्था रहेकाे भन्दै उनले प्रधानमन्त्रीसँग यसबारे पनि छलफल हुने बताए ।

मुख्यमन्त्री राउतले संघीय सरकार र प्रदेश सरकारबीचका असमझदारी अन्तरसमन्वय बैठकले समाप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।

shares