Breaking News

लागूऔषध हेरोइनसहित २ जना पक्राउ

झापा, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट प्रहरीले लागूऔषध हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

गएराति लागूऔषध नियन्त्रण ब्यूरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित झापा बाह्रदशी गाउँपालिका ७ बस्ने हेमन्त राजव‌ंशी र बिर्तामोड नगरपालिका २ बस्ने वर्ष २३ का जनक सुन्दासलाई पक्राउ गरेको हो ।

मे ५ प ३६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा मोटसाइकलको ट्यांकीमा प्लाष्टिकमा पोका पारेर सेतो टेपले बाधेर लुकाइछिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध हेरोइन बरामद गरेको हो ।

shares