Breaking News

ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा बेलायतको संसदमा डिसेम्बर ११ का दिन मतदान हुने

काठमाडौं, १९ मंसिर । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी ब्रेक्जिट सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा बेलायतको संसदमा डिसेम्बर ११ का दिन मतदान हुने भएको छ ।

प्रधानमन्त्री टेरिजा मे ले ब्रेक्जिट सम्झौतामाथि संसद्को समर्थन जुटाउने प्रयास थालेकी छन् । प्रधानमन्त्री मेले ईयू बाहिर रहँदा नै ब्रिटेनको भविष्य राम्रो हुने दाबी समेत गर्दै आएकी छिन् ।

बेलायती संसदमा ईयूबाट बाहिरिने ब्रेक्जिटसम्बन्धी पाँच दिने बहस सुरु भएको छ । यदि संसदले प्रधानमन्त्री मेको प्रस्ताव स्वीकार गरे आगामी मार्चमा ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्ने छ ।

सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रूपमा ईयूबाट बाहिरिँदैछ । नोभेम्बरको अन्त्यमा २० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको बैठकले सो सम्झौता अनुमोदन गरेका थिए ।

shares