Breaking News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज महासमिति बैठकका लागि आवश्यक प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज महासमिति बैठकका लागि आवश्यक प्रतिवेदनलाई अन्तिम रूप दिइँदैछ ।

महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धी प्रस्ताव तयार पार्न लागिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुने बताए ।

बैठकमा प्रस्तावित विधान मस्यौदाबारे पनि छलफल भइरहेको छ । मस्यौदामा एक व्यक्ति एक पदको प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ ।

अनुशासन समिति र लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तर्गत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था पनि विधान मस्यौदामा उल्लेख छ ।

shares