Breaking News

भारतीय पूर्व ब्याट्सम्यान गौतम गाम्भिरले लिए क्रिकेटबाट पूर्ण सन्यास

काठमाडौं, १९ मंसिर । भारतीय पूर्व ब्याट्सम्यान गौतम गाम्भिरले क्रिकेटबाट पूर्ण सन्यास लिएका छन् ।

पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गाम्भिरले अाफ्नाे कथा लेख्नेकाे कलमकाे मसी सकिएकाे भन्दै खेलाडी जीवनबाट बिदा लिने निर्णय गरेका हुन् ।

भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका ३७ वर्षे गाम्भिरले ५८ टेस्ट, १४७ एक दिवशीय र ३७ टि–२० खेल खेलेका छन् ।

उनले टि–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने एक दिवशीय विश्वकपको फाइनलमा ९७ रनको उत्कृष्ट पारी खेलेका थिए । रणजी ट्रफी अन्तर्गत आन्द्रविरुद्धको खेल ३७ वर्षे गाम्भिरको करियरको अन्तिम खेल हुनेछ ।

गाम्भिरले टेस्टमा ११ शतकसहित ४,१५४ टेस्ट रन बनाएका छन् । एक दिवशीयमा भने उनले ५,२३८ रन जोडे । कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउनका लागि गाम्भिरको भूमिका महत्वपूर्ण थियो ।

shares