Breaking News

लगातारको आन्दोलनपछि फ्रान्समा इन्धनको मूल्य वृद्धि फिर्ता

पेरिस, १९ मंसिर । लगातारको आन्दोलनपछि फ्रान्स सरकारले इन्धनको कर वृद्धि फिर्ता लिएको छ ।

फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले इन्धनको मूल्य वृद्धि फिर्ता गरिएको घोषणा गरेका हुन् । इन्धनमा कर वृद्धि गरेको भन्दै विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेका प्रदर्शनले हिंसात्मक रूप लिन थालेको थियो ।

सरकारले आगामी ६ महिनाका लागि करवृद्धि फिर्ता लिने निर्णय लिएको हो । इन्धनमा बढाएको करका कारण देशको एकतामा भने कुनै खतरा नरहेको प्रधानमन्त्री फिलिपले दाबी गरेका छन् ।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध भएको थियो । आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने २ सय ६३ जना घाइते भएका थिए ।

shares