Breaking News

स्वरसम्राट नारायण गोपालको स्मृति दिवस मनाइँदै

काठमाडौं, १९ मंसिर । स्वरसम्राट नारायण गोपालको स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण नारायण गोपाल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक सावित भएका छन् ।

वि स १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले २० वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेका थिए । नारायण गोपालले गाएको स्वर्गकी रानी मायाकी खानी, ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो, प्रियसीका यादहरु, एउटा मान्छेको मायाले, म त लाली गुराँस भएछु जस्ता सयौ कालजयी गीतहरु छन् ।

नारायण गोपालले २०३६ सालमा साँस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारीसमेत निभाएका थिए । नारायण गोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गायक तथा संगीतकर्मीलाई नारायण गोपाल स्मृति दिवस मंसिर १९ को अवसर पारेर सम्मान गरिंदै आएको छ ।

shares