Breaking News

प्रदेश ५ काे नाम ‘लुम्बिनी’ र राजधानी तिलाैराकाेट राख्न उपयुक्त हुने प्रचण्डको भनाइ

कपिलवस्तु, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ काे नाम लुम्बिनी र राजधानी तिलाैराकाेट राख्न उपयुक्त हुने बताएका छन् ।

कपिलवस्तु महोत्सवको जीतपुरमा अाज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेशको नाम लुम्बिनी तथा राजधानी तिलौराकोटमा राख्न आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रदेशकाे नाम र राजधानीलाई लिएर विवाद चलिरहँदा अध्यक्ष प्रचण्डकाे पछिल्लाे भनाइ सार्वजनिक भएकाे हाे । प्रदेशकाे राजधानी बनाउन बुटवल र दाङका पक्षमा छुट्टाछुट्टै लविङ् भइरहेकाे छ ।

कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको हाे । मंसिर १८ देखि पुस १ गतेसम्म संचालन हुने महोत्सवमा ३ सय ५० वटा स्टल छन् ।

shares