Breaking News

बाँकेकाे खजुरामा ‘रेन आउट सेल्टर’ भवन निर्माण

बाँके, १८ मंसिर । नेपालमा पनि कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि विकास भइरहेकाे छ । बाँकेकाे खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले सुक्खा सहन सक्ने विभिन्न बालीको अनुसन्धानका लागि रेन आउट सेल्टर भवन निर्माण गरेको छ ।

भवनमा जडान गरिएको सेन्सरमा पानीको थोपा पर्नासाथ छानो सर्दै गएर डेढ मिनेटमै खेती गरेको क्षेत्रलाई ढाक्छ । यसले ढाक्ने क्षेत्रलाई वाटर प्रुफ बनाइएको छ । पानी परेको बेला विद्युत नभए स्वचालित रूपमा जेनेरेटर चल्ने गरी प्रविधि जडान गरिएको छ

रेन आउट सेल्टर करिब ६६ लाखको लागतमा ५ महिना लगाएर निर्माण गरिएको हो । सेल्टर निर्माण भएपछि केन्द्रका वैज्ञानिकले १ हजार ८० वर्ग फिट क्षेत्रमा सुख्खा सहन सक्ने जातका मसुरोको अनुसन्धान सुरु गरेका छन् ।

shares