Breaking News

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता र प्रधानमन्त्रीले लिएको पुरस्कारका बारेमा राष्ट्रिय जनमोर्चाले माग्यो जवाफ

काठमाडौं, १८ मंसिर । राष्ट्रिय जनमोर्चाले युनिभर्सल पिस फेडेरेशनले गरेको शिखर सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीले लिएको पुरस्कारका बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ ।

सम्मेलनमा सरकारको सहभागिताका विषयमा कडा आपत्ति जनाउँदै जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको हो । जनमोर्चाले विज्ञप्ति निकालेर क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा सरकारको सहभागिता गलत र संविधान विपरीत भनेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले सरकारको निर्णयबिना नै पुरस्कार लिएकोमा समेत आपत्ति जनाइएको छ । जनमोर्चाले शिखर सम्मेलनका क्रममा भएको जलपान समारोहलाई अत्यन्त शर्मनाक कार्य भनेको छ ।

shares