Breaking News

भारतको सर्वोच्च अदालतद्वारा सन् १९८४ मा भएको दंगाको छानबिन गर्न विशेष अनुसन्धान टोली गठन

नयाँ दिल्ली, १८ मंसिर । भारतको सर्वोच्च अदालतले सन् १९८४ मा भएको दंगाको छानबिन गर्न एउटा विशेष अनुसन्धान टोली गठन गरेको छ ।

दुई सदस्यीय अनुसन्धान टोलीलाई १० महिनाको समयावधि दिइएको छ । टोलीले त्यतिबेला बन्द गरिएका १ सय ८६ मुद्दाका फाइल पुन: अनुसन्धान गरी सर्वोच्चलाई प्रतिवेदन बुझाउनेछ ।

३४ वर्षअघि तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीको हत्यापछि पूर्वी दिल्लीको त्रिलोकपुरी इलाकामा फैलिएको सिख विरोधी दंगामा ९५ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर गरिएका १ सय ७ जनालाई २२ वर्षअघि दिल्ली उच्च अदालतमा अपिल दायर गरेका थिए ।

गत बुधबार २२ वर्षपछि उच्च अदालतले पहिलेकै फैसला सदर गर्दै दोषी ८८ जनालाई नै आत्मसमर्पण गर्न आदेश दिएको थियो । उच्च अदालतको फैसलापछि सर्वोच्चमा परेको निवेदनमाथि सुनुवाई गर्दै विशेष अनुसन्धान टोलीको गठन गरिएको हो ।

shares