Breaking News

धर्म परिवर्तनको कसूर गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध उजुरी

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म परिवर्तनको कसूर गरेको भन्दै काठमाण्डौ प्रहरी परिसरमा उजुरी पुगेको छ । तर अधिवक्ता भूपेन्द्र प्रसाद पोखरेलले दिएको उजुरी प्रहरीले अस्वीकार गरेको छ ।

आफूलाई राजनीति गर्न आएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वसन्त लामाले जाहेरी दर्ता नगरी फिर्ता पठाएको अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले बताए । प्रधानमन्त्री ओलीसँगै युनिभर्सल पिस फेडरेशनका नेपाल अध्यक्ष एकनाथ ढकाललाई पनि कारवाहीको माग गर्दै पोखरेलले जाहेरी दर्ता गर्न खोजेका थिए ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ५८ को १, २ विपरीत धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भई मतियार भई विवादित संस्था यूपीएफको उपहार, तक्मा लिने दिने कार्य संविधानको धारा २७७ विपरीत भएको अधिवक्ता पोखरेलले दर्ता गर्न खोजेको जाहेरीमा उल्लेख छ ।

shares