Breaking News

शेयर बजार परिसूचक नेप्से आज १० अ‌ंकले बढ्यो

काठमाडौं, १८ मंसिर । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज १० अ‌ंकले बढेको छ ।

हिजो झण्डै १ अंकले बढेको नेप्से आज भने १० दशमलव २७ अंकले बढेर ११ सय ४२ को विन्दु नाघेको छ । शेयर बजार घटेको बेलामा सस्तोमा शेयर उठाउने बढेका कारण नेप्से बढेको हो ।

नेपाल बैंकको एफपिअो अण्डर राइट गरेका मर्चेन्ट बै‌ंकले बेचेको शेयर हस्तान्तरण भएका कारण आज पनि उसको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल बै‌कका आज साढे ११ करोडको कारोबार भएको छ ।

shares