Breaking News

योगदानमा आधारित कर्मचारी पेन्सन एकमुष्ठ भुक्तानी नगरिने

काठमाडौं, १८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत कर्मचारी पेन्सन एकमुष्ठ भुक्तानी नगरिने बताएका छन् ।

आज संघीय संसदअन्तर्गतको अर्थ समितिमा बोल्दै अर्थमन्त्री खतिवडाले कर्मचारी अवकाश भएपछि पेन्सनवापतको रकम एममुष्ठ पाउने यस अघिको व्यवस्थालाई सामाजिक सुरक्षा योजनामा नराखिने बताएका हुन् ।

अर्थ समितिले आजको बैठकमा निवृतिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरेको छ । उक्त विधेयकमा परेका १२ वटा संशोधन प्रस्थावमाथि समितिले छलफल गरेपनि गणपूरक संख्या नपुगेपछि अन्तिम निर्णय भने गरेन ।

shares