Breaking News

इन्डोनेसियाको पपुवामा भएको हमलामा ३२ जना मारिए

इन्डोनेसिया, १८ मंसिर । इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरूले गरेका आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदार र एक सिपाहीको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जनाएको छ ।

सुरक्षाकर्मीहरूले मारिएका सबै कामदार र सिपाहीको शव निकाल्ने कोशिस गरिरहेका छन् । ५० वर्षदेखि पृथकतावादीहरूको कब्जामा रहेको नदुगा जिल्लामा बन्दुकधारीहरूको नियन्त्रणमा मृतकका शव रहेको जनाइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरूमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।

अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् । एक जना भने त्यहाँबाट भागेका तर उनी हालसम्म वेपत्ता रहेको बताइएको छ । यो अाक्रमणलाई पृथकतावादीहरूले गरेको एक भीषण आक्रमणको रूपमा लिइएको छ ।

shares