Breaking News

सहकारीबाट ४ लाख रुपैयाँ चोरी

काठमाडाै‌ं, १८ मंसिर । काठमाडाै‌ंमा एक सहकारीबाट अाज दिउँसाे ४ लाख रुपैयाँ चोरी भएको छ ।

मैतिदेवीमा रहेको नव लुम्बिनी वचत तथा ऋण सहकारी संस्थाबाट अाज दिउँसो ४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सेफकै साँचाेले ताला खाेली चोरी गरिएकाे छ ।

चाेरी शंकास्पद रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोगटीको भनाइ छ । प्रहरीका अनुसार सहकारीको सीसी टीभीकाे पनि ताला फुटाइएकाले दृश्य कैद भएको छैन । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे सहकारीभित्रकै जानकार व्यक्तिले चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

shares