Breaking News

जारी शहीद स्मारक ए डिभिजन लिगमा एपीएफको दोस्रो जित

काठमाडौं, १८ मंसिर । विभागीय क्लब एपीएफले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपिएफले न्युरोड टिम एनआरटीलाई २-१ गोलले हराएको हो । एपिएफको जितमा युवराज लामा र सुदिप शिखाकारले गोल गरे । जितसँगै एपिएफ ६ खेलबाट २ जित, ३ हार र १ बराबरी सहित ७ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार ब्यहोर्दै १० अंक जोडेको छ । सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।

छैठौँ चरणसम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ मर्स्याङ्दी १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा बराबरी र चारवटा खेलमा जित दर्ता गरेको आर्मी १३ अंकसहित दोस्रो स्थानमा छ ।

shares