Breaking News

आतंकवादको मुद्दामा भारतलाई सहयोग गर्न पाकिस्तानलाई अमेरिकी चेतावनी

काठमाडौं, १८ मंसिर । आतंकवादको मुद्दामा भारतलाई सहयोग गर्न अमेरिकाले पाकिस्तानलाई चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघ र भारत दक्षिण एसियामा शान्ति स्थापित गर्ने कोशिस गरिरहेको जिकिर गर्दै अमेरिकी रक्षामन्त्री जिम म्याटिसले यसलाई पाकिस्तानले सहयोग गर्नुपर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखेको पत्रका विषयमा सोधिएको प्रश्नको जवाफमा म्याटिसले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अफगानिस्तानमा युद्ध समाप्त गर्न पाकिस्तानले तालिबानसँग शान्ति वार्तामा मह्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

म्याटिसले ४० वर्षदेखि युद्धमा फसेको अफ्गानिस्तानमा युद्ध खतम गर्न राष्ट्रसंघ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र शान्ति स्थापनाका लागि प्रयास गर्ने हरेकलाई समर्थन गर्नुपर्ने समय आएको बताए ।

ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री खानलाई पठाएको पत्रमा आतंकवादको मुद्दामा पाकिस्तानको पूर्ण समर्थन नै अमेरिका पाकिस्तानबीच साझेदारी निर्माणको आधार हुने उल्लेख छ ।

shares