Breaking News

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कारबाहीप्रति राज्यमन्त्री चौधरी असन्तुष्ट

काठमाडौं, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

मंगलबार काठमाडौंमा विभागको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा उनले मानव स्वास्थ्यमा हानी पुर्‍याउने खाद्य वस्तु बिक्रीवितरण गर्नेमाथि किन कार्वाही नगरेको भनि विभागका पदाधिकारीलाई प्रश्न पनि गरिन् ।

विभागले जनताको दैनिक उपभोग्य दुध, पानीलगायतका वस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौधरीको आक्रोश छ । राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दबाबमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति पनि जनाइन् ।

कार्यक्रममा विभागका महानिर्देशक संजीवकुमार कर्णले भने राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला स्थापना गरेर ठूलो प्रगति हासिल गरेको दाबी गरे। विभागले चालू आर्थिक वर्षको बाँकी ८ महिनामा लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

shares