Breaking News

मेक्सिकोका राष्ट्रपति ओबर्‍याडोरद्वारा सत्य निरुपण आयोग गठन गर्ने आदेशमा हस्ताक्षर

मेक्सिको, १८ मंसिर । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले सत्य निरुपण आयोग गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

सन् २०१४ मा इग्वाला नगरबाट बेपत्ता भएका ४३ जना विद्यार्थीहरूको बारेमा अनुसन्धान गर्न अायाेग गठन गरिएकाे हाे । अपहरित विद्यार्थीहरूकाे सुरक्षाफौजका सदस्यहरूले नै अपहरण गरी हत्या गरेको आरोप लाग्दै आएको छ ।

ओबर्‍याडोरले राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो दिन नै बेपत्ता पारिएका ४३ जना विद्यार्थीहरूको बारेमा छानबिन गरिने घोषणा गरेका हुन् । हत्याबारे अहिलेसम्म यो स्तरमा कुनै छानबिन भएको छैन ।

पैसठ्ठी वर्षीय ओबर्‍याडोर तेस्रो पटकको प्रयासमा गत जुलाई महिनामा ठूलो जित हासिल गर्दै राष्ट्रपतिमा चुनिएका हुन्। राष्ट्रपतिको शपथग्रहण समारोहमा ओबर्‍याडोरले आफ्नो कार्यकालमा भ्रष्टचार र दण्डहीनताविरुद्ध लड्ने आफ्ना प्राथमिकताहरू हुने बताएका थिए ।

shares