Breaking News

सवारी दुर्घटनामा युवकको मृत्यु

वीरगञ्ज, १८ मंसिर । वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पोखरिया नगरपालिका–९ गर्दौलमा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताए ।

shares