Breaking News

शहीद स्मारक ए डिभिजन लिगमा अाजदेखि छैठौँ चरणकाे खेल सुरु

काठमाडौं, १८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अाज छैठौँ चरणकाे खेल सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा अाज बिहान ११ बजे हुने पहिलो खेलमा एपीएफ र न्यु रोड टिम भिड्नेछन् । एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार ब्यहोर्दै चार अंक जाेड्दा छैठोैँ चरणसम्म आइपुग्दा एनआरटी एक खेल बराबरी र लगातार हार ब्यहोर्दै एक अंकमा सीमित छ ।

एनआरटी लिगमा पहिलो जितको खोजीमा रहनेछ । यसअघिको खेलमा थ्रीस्टारसँग पराजय ब्यहोरेको एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ ।

सातदाेबाटाेमै अाज दिउँसाे साँढे दुई बजे हुने दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिसले सरस्वती क्लबसंग खेल्नेछ । नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार ब्यहोर्दै १० अंक जोडेको छ । सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।

छैठौँ चरणसम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ मर्स्याङ्दी १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा बराबरी र चारवटा खेलमा जित दर्ता गरेको आर्मी १३ अंकसहित दोस्रो स्थानमा छ ।

shares