Breaking News

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

पाल्पा, १८ मंसिर । पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडबक्समा मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

बुटवलबाट पाल्पाका लागि छुटेकाे लु ३० प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पा तानशेन नगरपालिका ९ का गणेशबहादुर रेग्मी क्षेत्रीको मृत्यु भएको हाे ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको दोभान प्रहरी चौकीले जनाएकाे छ ।

shares