Breaking News

फ्रान्समा जारी प्रदर्शनमा एक जनाकाे मृत्यु

पेरिस, १८ मंसिर । फ्रान्समा जारी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शनका क्रममा एक जनाकाे मृत्यु भएकाे छ ।

मार्सेइली शहरमा भएको प्रदर्शनको क्रममा अश्रु ग्यासको डिब्बाले लागेर ८० वर्षकी महिलाको मृत्यु भएकाे बीबीसीले जनाएकाे छ । झण्डै तीन हप्तादेखि जारी प्रदर्शनको क्रममा अरु तीन जनाको पनि मृत्यु भइसकेको छ ।

अाफ्नाे घरको झ्याल बन्द गर्ने क्रममा अश्रुग्यांसले महिलाको टाउकोमा लागेको प्रहरीले जनाएको छ । मृतक महिला प्रदर्शन भइरहेको स्थान नजिकै बस्दै आएकी थिइन् । आइतबार भएको प्रदर्शनमा देशभर एक लाख ३६ हजार मानिस सहभागी भएको बताइएको छ ।

इन्धनमा लाग्दै आएको कर बढेपछि दैनिक गुजारा गर्न समस्या भएको भन्दै प्रदर्शन जारी छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने विश्वव्यापी तापमान वृद्धि विरुद्धको अभियानअन्तर्गत आफूले इन्धनका सम्बन्धमा पछिल्लो निर्णय लिएको बताउँदै आएका छन् ।

shares