Breaking News

यस वर्षको बालोन डी’ओरको उपाधि क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचलाई

काठमाडौं, १८ मंसिर । क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी’ओरको उपाधि जितेका छन् ।

फिफा वर्ष खेलाडीसमेत भएका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशक देखिको राजलाई पनि मड्रिचले तोडेका छन् ।

आफ्नो देशलाई फाइनलसम्म पुर्‍याउनुका साथै च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षे मोड्रिच सन् २००७ पछि रोनाल्डो र मेस्सीबाहेक यो उपाधि जित्ने पहिलो खेलाडी भए ।

करियरमा पहिलोपटक बालोन डी’ओरको उपाधि जितेका मोड्रिचभन्दा अगाडि सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए ।

याे पटक रोनाल्डो दोस्रो, एन्टोइन ग्रिजम्यान तेस्रो, केलियन एम्बाप्पे चौथो र मेस्सी पाँचौ स्थानमा रहे । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसै वर्षदेखि महिलातर्फको अवार्ड पनि राखिएको थियो । कोपा ट्रफी अवार्ड केलीयन एम्बाप्पेले हात पारे ।

shares